१७ वर्षदेखि फरार ज्यान मुद्दाका प्रतिवादी धनुषाबाट पक्राउ

२०८२ पुष ७, सोमबार २०:०१
साङ्केतिक तस्बिर

सर्लाही – ज्यानसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई १७ वर्षदेखि फरार रहेका एक जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले प्राप्त विशेष सूचनाका आधारमा फरार प्रतिवादीको खोजीलाई तीव्र बनाउँदै जिल्लाभर निगरानी बढाएको थियो।

सोही क्रममा प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा ती व्यक्ति लामो समयदेखि स्थान परिवर्तन गर्दै लुकीछिपी बस्दै आएको खुलेको छ।

पक्राउ परेका व्यक्तिको परिचय हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार