पर्सामा ठेक्काको विज्ञापन प्रकाशितमा भ्रष्टाचार, पत्रिकाका प्रधानसम्पादकसहित तीन जनाविरुद्ध मुद्धा दायर

२०८२ पुष ९, बुधबार १५:२६

सर्लाही – पर्साको बहुदरमाई नगरपालिकामा ठेक्कासम्बन्धी सूचना प्रकाशन प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्म सडक मर्मत तथा कालोपत्रे कार्यका लागि खरिद ठेक्काको सूचना प्रकाशन गर्दा अनियमितता भएको पाइएको हो। अनुसन्धानका क्रममा सूचना वास्तविक रूपमा प्रकाशित नभए पनि अभिलेखमा प्रकाशित भएको देखाइ मिलेमतोमा प्रक्रिया पूरा गरिएको देखिएको आयोगले जनाएको छ।

यस प्रकरणमा बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा र ‘जन प्रतिबिम्ब दैनिक’का प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। अख्तियारले उनीहरूबाट ६५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार