सर्लाही – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सर्लाही क्षेत्र नम्बर ४ बाट युवा नेता अभनिश कुमार यादवको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको छ। आज ( बुधबार ) क्षेत्र नम्बर ४ मा बसेको क्षेत्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यादवको एकल नाम सिफारिस गरेको हो ।
यस्तै, समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ अन्जु कुमारी बैठा ( दलित महिला ), राम सखी देबी पासवान ( दलित महिला ), सिता देबी माझी ( अल्प संख्यक, शहिद परिवार ), अनिता देबी यादव ( मधेशी महिला ), निलम देबी यादव ( मधेशी महिला ) र रामबाबु दास ( अल्प संख्यक, मधेशी ) को नाम सिफारिस गरिएको हो ।

यस्तै, बैठकले रास्ट्रियसभातर्फ राम सोगारथ महरा ( दलित ), शम्भु पासवान हजारी ( दलित ) र हरि सहनी ( मधेशी ) को नाम सिफारिस गरेको छ। वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी जनअपेक्षाको भावनालाई पूरा गर्न सक्ने उम्मेदवारका रूपमा उनीहरूलाई सिफारिस गरिएको बताइएको छ ।





