सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

२०८२ पुष ९, बुधबार २१:३२
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मलङ्गवा नगरपालिका – ७, मुसैलीका ७० वर्षीय रामविलास महतो रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान लालबन्दी नगरपालिका–१ अन्तर्गत नवलपुरस्थित लखन्देही पुलमा नवलपुरबाट हरिवनतर्फ गइरहेको ना ६३ प ५६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका उनलाई तत्काल उपचारका लागि नवलपुरमा लगिएको थियो, त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि बिरगंजतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल पछाडी एक महिला सामान्य घाइते भएकी थिइन्। उनको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताईएको छ। घटनापछि मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार