सर्लाही – रौतहटमा नालामा डुबेर १५ महिने बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मौलापुर नगरपालिका – ३ गम्हरिया टोल बस्ने राजेश साह तेली का १५ महिनाका छोरा राजन साह तेली रहेका छन्।
प्रहरीका अनुसार उनको बिहीबार दिउँसो आफ्नै घर नजिकै रहेको नालामा डुबेर मृत्यु भएको हो। खेल्ने क्रममा नालामा डुबेको बताएईको छ। नालामा डुबेर अशक्त भएका उनको वीरगन्जस्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।






