मलंगवा – राष्ट्रिय मुक्ती पार्टी नेपालले सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम केन्द्रमा पठाइएको पार्टीले जनाएको छ। क्षेत्र नम्बर १ बाट श्यामइन्दल साह र राम परीक्षण साह सिफारिस भएका छन्। क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोको मात्र नाम पठाइएको छ।

त्यसैगरी क्षेत्र नम्बर ३ बाट लालबिहारी यादव एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन् भने क्षेत्र नम्बर ४ बाट रामकिशोर सिंह, रामप्रवेश साह र सुरेन्द्र महतो कुशवाहाको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।






