रौतहटको ज्योति डिस्टिलरीमा बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

२०८२ पुष १२, शनिबार १०:२८

सर्लाही – रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर ( इन्धन वा पानी तताउने कन्टेनर ) विस्फोट हुँदा एक कामदारको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

प्रहरीका अनुसार विस्फोटमा परी कटहरिया नगरपालिका – ९ बलुवा गाउँका करिब ३५ वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। विस्फोट शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। विस्फोटको कारण खुल्न बाँकी छ भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार