जसपा नेपाल र लोसपाबीच एकताको सहमति

२०८२ पुष १३, आईतवार २१:१४

सर्लाही – मधेश केन्द्रित दुई प्रमुख दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ।

आइतबार राति काठमाडौँमा बसेको दुवै दलका शीर्ष नेताहरूको संयुक्त बैठकले एकीकरणको निर्णय गरेको हो। एकताको सहमति पत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्।

बैठकमा दुवै पार्टीका पदाधिकारीहरू सहभागी थिए। सहमति अनुसार मिति २०८२ पौष १३ गते आज सम्पन्न बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको समीक्षा तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने निष्कर्ष निकालेको छ।

संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायजस्ता मुद्दालाई थप मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माणका लागि दुवै दल एक भएर अघि बढ्ने निर्णय गरिएको सहमतिमा उल्लेख छ। दुवै दलको एकतासँगै मधेश केन्द्रित राजनीतिमा नयाँ समीकरण बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार