भारतको बिहारमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै

२०८२ पुष १५, मंगलवार ११:४९

सर्लाही – भारतका विभिन्न स्थानबाट सात जना नेपाली वालवालिकाहरुको उद्धार गरिएको छ । नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती वालवालिकाहरुको उद्धार गरिएको हो ।

जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरु सबै मधेश प्रदेशका छन् । ‘उनीहरुलाई हामी स्वदेश फिर्ती गराउन लागेका छौं, सबै बालबालिकाहरू मधेस प्रदेशका रहेका छन् ।

परिवारसँगको पुनःमिलन गराउने कार्यक्रम राखिएको छ । यही बुधबार मधेस प्रदेश डिआइजी कार्यालयमा उनीहरुलाई परिवारसँग पुनःमिलन गराउनेछौं,’ जोशीले भने । जोशीकै अगुवाइमा केही साताअघि भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको थियो । – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार