सर्लाही – कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ।
मानवीय आधारमा प्रदान गरिएको यस आममाफीलाई नेपाल सरकारले सकारात्मक कदमको रूपमा लिएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले कतार सरकारको मानवीय संवेदनशीलता र सद्भावपूर्ण निर्णयको उच्च प्रशंसा गर्दै यसले नेपाल–कतार सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।





