सर्लाहीमा वन परियोजनाका चौकीदारको विभत्स हत्या

२०८२ पुष १९, शनिबार १९:०३
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरस्थित सागरनाथ वन परियोजनाका एक चौकीदारको विभत्स हत्या भएको छ। शनिबार साँझ परियोजनामा कार्यरत चौकीदार ४७ बर्षिय रामईश्वर महतोको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महतोको शव टाउको छिनिएको अवस्थामा फेला परेको छ। आज बिहान जङ्गलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो त्यसतर्फ गएका थिए । महतो दिउँसोसम्म पनि घर फर्किएर नआएको र फोन सम्पर्कसमेत हुन् नसकेपछि खोजी सुरु गरिएको थियो।

खोजि गर्ने क्रममा जङ्गलभित्र टाउको छिनाएको अवस्थामा उनको शव फेला परेको बताईएको छ। सर्लाही प्रहरी प्रवक्ता सरोज राईले घटनाबारे जानकारी दिँदै शंकास्पद अवस्थालाई मध्यनजर गर्दै थप अनुसन्धानका लागि प्रदेश प्रहरीको सहयोग लिइएको बताए ।

प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार घटनास्थलमा स्पेसल कुकुर परिचालन गरिएको छ । हत्या गरिएका चौकीदार रामेश्वर महतो ईश्वरपुर नगरपालिका–२ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्ति वा समूह पहिचानका लागि अनुसन्धान तीव्र पारिएको सर्लाही प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार