मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा विभत्स हत्या गरिएका चौकीदारको शव आज फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको टाउको खोजि गर्ने क्रममा आज दिउँसो घटनास्थलबाट एक सय मिटर उत्तर झाडी भित्र फालेको अवस्थामा भेटिएको हो।

राइटरखोर निवासी परियोजनामा कार्यरत ४७ वर्षीय रामइश्वर महतोको शनिबार साँझ बिभत्स हत्या गरिएको अवस्थामा शरीर फेला परेको थियो भने घटनास्थलमा टाउको थिएन।
प्रहरीका अनुसार शनिबार बिहान जंगल क्षेत्रमा रुख काटिएको आवाज आएपछि महतो साइकल चढेर निस्किएका थिए। त्यसपछि उनी फर्किएनन्। खोज्दै जाँदा साँझतिर जंगलभित्र महतोको बिभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
प्रहरीले घटनास्थलबाट रगतले लतपतिएको एउटा बन्चरो बरामद गरेको छ, भने एक आशंकामा एक जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा वन परियोजनाका चौकीदारको विभत्स हत्या
– सर्लाहीमा वन परियोजनाका चौकीदारको विभत्स हत्या: टाउको अझै भेटिएन, शव अस्पताल लगियो





