मलंगवा – कार्यालय सहायक पदमा नक्कली नियुक्ति पत्र प्रयोग गरिएको प्रकरणमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
सर्लाहीको साविक हरिपूर्वा गाविसका तत्कालीन सचिव रामप्रकाश सिंह दनुवार तथा हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार दनुवारले सरकारी कागजात सच्याई गलत लिखत तयार गरी उमेर नपुगेका यादवलाई कार्यालय सहायक पदमा नियुक्ति दिएका थिए। उक्त कार्यलाई भ्रष्टाचारजन्य ठहर गर्दै आयोगले दुवै प्रतिवादीलाई कानुन बमोजिम सजायको माग गरेको जनाएको छ।





