निर्वाचन आचारसंहिता माघ ३ देखि लागू हुने

२०८२ पुष २५, शुक्रबार १९:३२

सर्लाही – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। यसबारे शुक्रबार पुस २५ गते प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइएको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका आयुक्त तथा उच्च अधिकारीहरूले प्रधानमन्त्री कार्कीसँग भेट गरी आचारसंहिता, निर्वाचन तयारी र व्यवस्थापनका विषयमा छलफल गरेका थिए।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुनमन्त्री अनिकुमार सिन्हा तथा मुख्यसचिवलगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार