रोल्पा जिप दुर्घटना अपडेट : सात जनाको मृत्यु भएको पुष्टि (नामसहित)

२०८१ असार १८, मंगलवार ०१:२०

सर्लाही – रोल्पाको माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोहि गाउँपालिकाको वडा नम्बर ३ परेवा छहरामा सोमबार साँझ  सडकबाट तल खसेर भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुन रहेका छन्।

उनीहरु ५ जनाको घटनास्थलमा र अन्य दुई जना माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगी र एक महिलाको रेऊघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा १० जना घाईते भएका छन। घाईतेहरुको अहिले जिल्ला अस्पताल रेउघामा उपचार भईरहेको छ।

भिर रहेको सडकमा गाडी स्टार्टमा नै राखेर चालक पहिरो हेर्न गएका कारण गाडी दुर्घटना भएको गाडीबाट हाम फालेर बच्न सफल भएका यात्रुले बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको रोल्पा प्रहरीले जनाएको छ।

सम्बन्धित खबर :
रोल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सम्बन्धित समाचार