सर्लाही – बाराको जिल्ला सदरमुकाम कलैयास्थित रामराजा मोविशा बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण प्रसाद कुशवाहालाई गोली हानी हत्या गरेको प्रकरणमा प्रहरीले हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–५ पथरा टोलमा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमार रहेको बारा प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमालाग्ने एक राउण्ड गोली र म्याग्निज एक थान बरामद गरेको छ।

उनले क्याम्पस प्रमुख कुशवाहाको हत्यापछि उक्त हतियारहरु बारीमा गाडेका थिए। उनीविरुद्ध ज्यान सम्बन्धी तथा हातहतियार खरखजाना सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप भई अनुसन्धान प्रहरीले थालेको छ।
गत जेठ ३२ गते सवा ५ बजेको समयमा आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी तत्कालीन क्याम्पस प्रमुख ५० वर्षका हरि भुषण प्रसाद कुशवाहाको गोली हानी हत्या भएको थियो।
सम्बन्धित खबर :





