सप्तकोशीमा पानीको बहाव लगातार बढ्दै गएपछि खोलियो सबै ढोका

२०८१ असार २३, आईतवार ०६:४४

सर्लाही – पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च तहमा पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका एसपी नवीनकृष्ण भण्डारीले बहाव उच्च भएकोले सबै ५६ वटा ढोका खुला गरिएको बताए । नदीमा तीन लाख ६८ हजार क्युसेक पानी बहाव रहेको जनाइएको छ । ब्यारेजको क्षमता भने ९ लाख क्युसेक छ । आइतबार बिहान तीन लाख ४२ हजार क्युसेक पानीको बहाव थियो । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ ।

पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको संकेत दिन रातो बत्ती बालिएको छ भने रातो झन्डा फहराइएका छन् । सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आग्रह गरे ।

सम्बन्धित खबर :

सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि खोलिए ४१ ढोका, किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोध

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार