लेदोसहितको पहिरोले बगाएको गौर र वीरगञ्जको बसमा सवार यात्रुको परिचय खुल्यो (अपडेट)

२०८१ असार २८, शुक्रबार १०:३८

सर्लाही – त्रिशुलीमा बेपत्ता गणपति डिलक्स र एञ्जल डिलक्सका यात्रुहरुको नाम खुलेको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको ०००१ ख २४९५ नम्बरको गणपति डिलक्स लेखेको बसमा सवार यात्रुको परिचय खुलेको हो । गणपति डिलक्समा चालक र सहचालकसहित २७ यात्रु रहेको खुलेको छ ।

यस्तै, वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्समा गाडी धनी राजेन्द्र केसी, चालक नगवाका जवाहिर महतोसहित २४ जना रहेको खुलेको छ । काठमाडौंबाट रौतहट आउँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेका यी बस आज बिहान चितवनको सिमतालमा पहिरोमा परेका थिए ।

हेर्नुहोस बसमा सवार यात्रुहरुको नाम :

 

यो पनि पढ्नुहोस :

काठमाडौंबाट रौतहट आउँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूलीमा खसे, ६५ जना बेपत्ता

सम्बन्धित समाचार