गोडैता – सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर १० बर्षिया बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जिल्लाको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा जिल्लाकै ईश्वरपुर नगरपालिका–५, सखुबनी निवासी सन्तोष पाण्डेकी १० वर्षीया छोरी निसा पाण्डेको खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।
५/६ जना साथीहरु मिलेर उक्त खेतमा खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्दै थिए। सोहि क्रममा उनि डुबेर अचेत भएकी थिइन्। उनलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पतालमा लगिएको र त्यहि उनको उपचारको क्रममा मृत्यु भएको हो। संगै पौडी खेलिरहेका अन्य साथीहरु भने सकुशल रहेका छन्।
अहिले मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसघि बुधबार दिउँसो जिल्लाको बिष्णु गाउँपालिका–१, बेलवा टोलमा पनि पोखरीमा डुबेर १० वर्षीय एक बालकको मृत्यु भएको थियो।
यो पनि पढ्नुहोस :