कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने, सर्लाहीका रायसहित यी हुन् बन्न लागेका चार मन्त्रि

२०८१ श्रावण ३, बिहीबार १८:००

सर्लाही – अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी सहभागी हुने भएको छ । यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

सरकारको नेतृत्वकर्ता जनमत पार्टीले अर्थ मन्त्रालय आफै राख्ने रणनीति बनाएको थियो । पार्टी अध्यक्ष सीके राउतले कांग्रेसलाई अर्थ मन्त्रालय नदिन निर्देशन दिएका थिए । तर कांग्रेसले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

जसअनुसार नेपाली कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिल कुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

यो पनि पढ्नुहोस :

  1. यी हुन् कांग्रेसले मधेस सरकारमा पठाउन लागेका ४ मन्त्री, सर्लाहीका राय पनि छनोट

सम्बन्धित समाचार