सर्लाही – त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव भेटाएको छ । जसमध्ये हालसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। आज बिहिबार दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएको छ ।
असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।
प्रहरीका अनुसार ७ जना पुरुष र दुई जना महिलाको शव हालसम्म सनाखत हुन नसकेको र सनाखत गर्ने प्रयास भईरहेको छ।
सर्लाहीका दुई जनाको शव फेला, एक जना बेपत्ता
सिमलताल दुर्घटनामा सनाखत भएकामध्ये २ जना युवा सर्लाहीका रहेका छन्। जील्लाको रामनगर गाउँपालिका-३, बहुअर्वाका जितेन्द्र राम र बहरथवाका रमितकुमार माझी काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार रहेर घर आउंदै थिए।
रामनगर गाउँपालिका-३, बहुअर्वा कै जितेन्द्रसंगै आउँदै गरेका रामा दास उक्त दुर्घटनामा बेपत्ता भएको आशंका गरिएको छ। संगै आउँदै गरेका साथि जितेन्द्रको शव भेटिएपछि झन् शंका बढेको छ। मृतकका परिवारहरु शोकमा डुबेका छन्। बहुअर्वाका जितेन्द्र र रामा बैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा थिए।
सनाखत भएका शवको विवरण :
१. रमितकुमार माझी, सर्लाही
२. जितेन्द्रराम महरा, सर्लाही
३. प्रमानन्द पण्डित, बारा
४. अशोककुमार यादव, रौतहट
५. ऋषिकुमार सिंह, रौतहट
६. अमृता कुमारी, रौतहट
७. तुल्सी दास, रौतहट
८. किशोरकुमार चौधरी, गणपति डिलक्सको चालक
९. चन्द्रप्रभा कुमारी, पर्सा
१०. विकाश परियार, चितवन
११. विवेक कुमार, भारत
१२. सुदिप बिक, चितवन
१३. सजाद अन्सारी, भारत
१४. जयप्रकश ठाकुर, भारत
१५. ऋषिपाल शाह, भारत
यो पनि पढ्नुहोस :