गोडैता – सर्लाहीको रामनगर गाउँपालिकामा आज सम्पूर्ण सरकारी संघसंस्था, बिद्यालय, पालिकाका सम्पूर्ण वडा कार्यालयहरु लगायत गाउँपालिका मातहातका सम्पूर्ण कार्यालय बन्द रहने भएका छन्।
रामनगर गाउँपालिका-३, बहुअर्वाका जितेन्द्र राम, रामा दासको चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस दुर्घटनामा परि ज्यान गुमाएपछि आज गाउँपालिकामा शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष राजाबाबु यादवले जानकारी दिनु भयो।
साथै, आज सांझ ७:३० बजे गाउँपालिकाको कार्यालय र सम्पूर्ण वडाहरुमा मृतक प्रति श्रद्वाञ्जलि व्यक्त गर्दै दिप प्रज्वलन गरिने अध्यक्ष यादवले बताउनु भयो। मृतकका परिवारलाई गाउँपालिकाले प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने अध्यक्ष यादवले शनिबार घोषणा गरेका छन्।
यस्तै, उक्त दुर्घटनामा ज्यान गुमाउने मधेश प्रदेश भित्रका मृतकका पीडित परिवारलाई मधेश प्रदेश सरकारले पनि प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ।
गत असार २८ गते बिहान काठमाडौँबाट गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिसुलीमा खसेका थिए । दुई वटा बसमा ६५ जना रात्रु रहेको खुलेको छ।
यो पनि पढ्नुहोस :