गोडैता – सर्लाहीको पश्चिमी भेगस्थित रामनगर गाउँपालिकाका अतिक्रमित नाला र सडक खाली गराउन पालिका अध्यक्ष राजबाबु यादवले डोजर लिएर हटाउन सुरु गर्नुभएको छ।
आज (बुधबार) गाउँपालिकाको वडा नम्बर ६ स्थित सिसौट बजारबाट उक्त कार्य थालिएको अध्यक्ष यादवले बताउनु भयो। सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, सडकमा सामानहरु राख्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि अध्यक्ष यादव आफैँ डोजर लिएर बजारमा निस्किएको बताउनु भयो।
गाउँपालिकाले गत सोमबार एक सूचना जारि गर्दै पालिका अन्तर्गतका सडकहरुमा राखिएका समानहरु तथा अतिक्रमित सडक खाली गरेर पालिकालाई सहयोग गर्दिन आग्रह गरिएको थियो। सूचनालाई कसैले कार्यान्वयन गरेको तथा कसैले नगरेपछि डोजर लिएर अतिक्रमित सडकपेटी खालि गर्न थालिएको हो।
अध्यक्ष यादवका अनुसार पालिकलाई व्यवस्थित सहरका रूपमा विकास गर्नका लागि पालिका अन्तर्गतका सडकहरु सफा र अतिक्रमित सडक खालि नहुँदासम्म डोजर चल्ने छ। पालिका अन्तर्गतका सडकहरु सफा र अतिक्रमित सडक खालि गर्न लगभग एक हप्ता भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ।
यो पनि पढ्नुहोस :