बाराका तीर्थयात्री सवार बस भारतमा दुर्घटना : अध्यक्षसहितको टोलि घाइतेलाई भेट्न पुग्यो अस्पताल, घाइतेको अवस्था दयनीय

२०८१ भाद्र १०, सोमबार ११:५०

सर्लाही – भारतमा आईतबार राति भएको बस दुर्घटनामा परि घाईते भएका आफ्ना पालिकाकाका नागरिकहरुको अवस्था बुझ्न अध्यक्षको टोलि घाईते उपचारत अस्पतालमा पुगेको छ।

बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जसयवालसहितको टोली हिंजो साझ बिहारको समस्तीपुरमा पुगेको हो। उक्त ठाउँमा पुगेर घाईतेहरुलाई पनि उक्त टोलीले भेटघाट एवम उनीहरुको अवस्था बारे बुझी सकेको छ।

गत आईतबार राति ३ बजे नेपालि तीर्थयात्री सवार ना ७ ख ६४४६ नम्बरको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिएपछि बस पल्टिएर दुर्घटना भएको थियो। दुर्घटनामा २५ जना घाईते भएको जनाईएको छ। घाईतेहरु मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ।

उक्त बसमा ४३ जना यात्री सवार रहेको पनि बताईएको छ। अहिले घाईतेहरुको उपचार मुश्रीघरारीस्थित अस्पतालमा भईरहेको छ। देवघरमा नुहाउन गएका उनीहरू शनिबार राति ११ बजे नेपालबाट निस्किएका थिए। दुर्घटनापछि घाइतेहरुले उपचार नपाएको गुनासो गरेका थिए।

यो पनि पढ्नुहोस :
– भारतमा बाराका तीर्थयात्री सवार बस दुर्घटना : २५ जना घाइते, उपचार नपाएको गुनासो

सम्बन्धित समाचार