सर्लाही – आज (मंगलबार) बिहान सर्लाहीको पोखरीमा कार डुबेर बेपत्ता भएका दुई जना युवाको शव फेला परेको छ।
जील्लाको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा कारसहित बेपत्ता भएका महोत्तरीको गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेला परेको हो।
आज बिहानै उक्त पोखरीमा कार डुबेको थियो। घटनाको खबर पाएपछि सर्लाही प्रहरीले खोजि कार्य गरिरहेको थियो र सर्लाही प्रहरीले खोजि गर्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाईएको थियो। उक्त टोलीले उनीहरुको शव फेला पारेको हो।
कारमा तीन जना ब्यक्ति सवार रहेकामा महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए। सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा डुबेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर :
सर्लाहीको मियाँखोरस्थित पोखरीमा डुब्यो कार, दुई जना वेपत्ता उद्वारको लागि गोताखोर टोली आउंदै