गढीमाई मेलाको अवसरमा सर्लाहीको हरिपुरमा मंसिर २४ र २५ गते सार्वजनिक विदा

२०८१ मंसिर २०, बिहीबार १९:४९

गोडैता – गढीमाई मेलाको अवसरमा सर्लाहीको हरिपुर नगरपालिकाले मंसिर २४ र २५ गते सार्वजनिक विदा दिएको छ। आज (बिहिबार) नगरपालिकाले एक सूचना जारि गर्दै मंसिर २४ र २५ गते सार्वजनिक विदा दिइएको जनाएको छ।

सूचना अनुसार बाराको महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेलाका अवसरमा हरिपुर नगरपालिकाका दुई वटा स्थानमा पनि भब्यताका साथ मनाईने भएकाले उक्त दिनहरुमा सार्वजनिक विदा दिइएको छ।

मधेस प्रदेश सरकारले यसघि नै एक सूचना जारि गर्दै प्रदेशभर मंसिर २३ गते सार्वजनिक बिदा दिइसको छ।

यो हेर्नुहोस सूचना:

सम्बन्धित खबर:
– मधेसमा मंसिर २३ गते सार्वजनिक बिदा

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार