रौतहट स्कार्पियो दुर्घटना अपडेट: ज्यान गुमाउने आठै जनाको सनाखत, ५ जना घाइते

२०८१ मंसिर २५, मंगलवार १०:२७

सर्लाही – बाराको बरियारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा ज्यान गुमाएका ८ जनाको सनाखत भएको छ ।

जील्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरु स्थानीय ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महँगी देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेका छन्।

यस्तै दुर्घटनामा ५ जना घाईते भएका छन्। घाइते हुनेहरुमा सोही ठाउँका ३० वर्षीय राधा महरा, २ वर्षीय आर्यन महरा, २५ वर्षीय देव कुमारी महरा, ७ वर्षीय ऋतिक महरा र ६० वर्षीय कन्या देवी महरा रहेका छन्। अहिले घाईतेमध्ये केहीको चन्द्रनिगाहपुरस्थित अस्पतालमा र केहीको बयोधा अस्पताल वीरगन्जमा उपचार भईरहेको छ।

आज (मंगलबार) बिहान बारा बरियारपुरस्थित लागेको पञ्चवर्षीय गढीमाई मेला दर्शन गरी सिराहा तर्फ फर्किरहेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित धन्सार–लमाहा खोलाको नजिकै दुर्घटना भएको हो।

सम्बन्धित खबर :
– रौतहटमा दर्शनार्थी चढेको स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार