समाचार प्रभाव: यातायात ब्यबस्था कार्यालय मलंगवाका विवादित कार्यालय प्रमुख यादवको सरुवा

२०८१ मंसिर २६, बुधबार १७:५१

सर्लाही – यातायात ब्यबस्था कार्यालय मलंगवा सर्लाहीका कार्यालय प्रमुख राकेश यादवको सरुवा भएको छ।

कार्यालय प्रमुख यादवले बिचौलियाहरुसंग मिलेर सेवाग्राहीलाई दु:ख दिने लगायतका घटनाहरु बाहिरिएपछि श्रम तथा यातायात मन्त्रलायले उनलाई फिर्ता बोलाएर यातायात ब्यबस्था कार्यालय मलंगवामा नयाँ कार्यालय प्रमुख पठाएको छ।

श्रम तथा यातायात मन्त्रलायले उनको ठाउँमा शशि प्रसाद यादवलाई नयाँ कार्यालय प्रमुखको रुपमा पठाएको छ। शशि प्रसादले कार्यालयमा हाँजिर भएर कार्याभरसमेत सम्हालीसकेका छन्।

यातायात ब्यबस्था कार्यालय मलंगवाका कार्यालय प्रमुख राकेश यादवका कर्तुतहरु धड्कन एफ एमले भिडियो रिपोर्ट र अन्लाइनमा प्रमाणसहित सार्वजनिक गरेको थियो। कार्यालयको स्थापना कालदेखि नै कार्यालय प्रमुख रहेका यादवको कार्यदेखि सेवाग्राही वाक्कदिक्क भएका थिए।

हाम्ले समाचार सामाग्री प्रकाशन गरेपछि श्रम तथा यातायात मन्त्रलाय मधेसका मन्त्रि कौशल किशोर रायले कार्यालय प्रमुख राकेशसंग सोध्पुच्छसमेत गरेका थिए। सोध्पुच्छको क्रममा उनले आफूले सेवाग्राहीलाई दु:ख दिने कुराहरु गलत भएको बताएको बुझिएको छ।

कार्यालयमा रहँदासम्म राकेश यादव बिबादै बिबादमा तानिएका थिए। उनीमाथि बिचौलियाहरुसंग मिलेर सेवाग्राहीलाई दु:ख दिने गरेको, सवारी चालक अनुमति पत्र (लाईसेन्स) समेत सेटिंगमा बितरण गर्ने गरेको, कार्यालयमा बिना ड्रेस उपस्थित हुने र मोबाईल चलाई बस्ने कर्मचारीहरुलाई बचाउ गर्ने गरेको जस्ता थुप्रै आरोपहरु लागेका थिए।

सम्बन्धित खबर:
– यातायात ब्यबस्था कार्यालय मलंगवा: कार्यक्षमा मोबाईलमै व्यस्त कर्मचारी, सेवाग्राही पुग्न बितिक्कै रिसले आगो बन्छन

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार