सर्लाही – लालबन्दीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरुषको परिचय खुलेको सर्लाही प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक व्यक्ति सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुर निवासी ६७ वर्षीय अवधी चौधरी रहेको खुलेको हो। मृतकका भाई हिंजो (शुक्रबार) प्रहरी कार्यालयमा पुगेर उनको सनाखत गरेका हुन्।
बिहिबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीबाट परवानिपुरतर्फ जाँदै गरेको बा ९४ प ९२३४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु थियो। मृतकको शव पोेष्टमार्टमपछि परिवारका सदस्यलाई बुझाईएको बताईएको छ।
सम्बन्धित खबर :
– सर्लाहिमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु