गोडैता बिद्यालय विवादः विवाद तत्काललाई साम्य, प्रअ गर्भु नसच्चिए सरुवाको प्रक्रिया अघि बढाउँने सहमति

२०८१ पुष ८, सोमबार ०९:४८

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका – २, जयपुरस्थित श्री जनता आधारभूत बिद्यालयमा उत्पन्न विवादका बिषयमा हिंजो (आईतबार) बिद्यालयमा भएको भेलाले पुस १९ गते फेरि अर्को बृहत अभिभावक भेला गर्ने निर्णय गरेको छ।

केहि दिन अघि बिद्यालयमा एक अन्तरास्ट्रीय संस्थाले केहि सामान (टर्च, म्याट, कम्बल, झोला, खाना बनाउने चुलो) हरुसहित सामानहरु बिद्यार्थीहरुलाई बितरण गर्न दिएकामा प्रधानाध्यापक, शिक्षक र बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरुले बिद्यार्थीहरुलाई बितरण गर्नु भन्दा पनि आफुले नै राति बिद्यालयबाट चोरेर लगेको भन्दै अभिभावकहरु आन्दोलित भएका थिए।

आन्दोलनमा उत्रिएका अभिभावकहरुले वडा अध्यक्ष अजय प्रसाद साहको नेतृत्वमा गत शुक्रबार प्रधानाध्यापक महतोको कार्यकक्षमा तालाबन्दी गरेका थिए। सोहि बिषयमा छलफल गर्न हिंजो (आईतबार) बिद्यालयमा गरिएको अभिभावक भेलामा तत्काल उक्त बिबादलाई साम्य गरेर बिद्यालयमा पठनपाठन गर्न र यस बिषयमा फेरी आउँदो पुस १९ गते गते बृहत अभिभाक भेला गर्ने निर्णय गरेर प्रधानाध्यापक महतोको कार्यकक्षमा लगाईएको ताला खोलिएको हो।

प्रधानाध्यापक महतोको कामले आक्रान्त् बनेका अभिभाकहरु पछिल्लो लामो समयदेखि प्रधानाध्यापक महतोको सरुवाको माग गर्दै आईरहेका छन् तर पहुँचका कारण उनीमाथि न त केहि कारवाही हुने गरेको छ, न त सरुवा नै आफुहरुले पटक पटक बिरोध गर्दा र आफ्नो कामलाई सच्याउन बारम्बार आग्रह गर्दासमेत उनले बेवास्ता गर्दै बिद्यालयमा मनोमानी शासन चलाईरहेको एक अभिभावकले बताए।

‘बिद्यालयमा प्रधानाध्यापक महतो स्वयं समयमा नआउने तथा कुनै दिन कक्षामा पढाउँन आउँदासमेत उनको मोबाईलमा फोनहरु आउने र कक्षामै उनि मस्तसंग फोन मै गफिने गरेको उक्त बिद्यालयमा अध्यनरत कक्षा ७ र ८ का बिद्यार्थीहरु बताउँछन्।’ बिद्यालयमा मोबाइल प्रतिबन्ध लगाएपनि शिक्षाकहरु कक्षामै फोन गर्ने गरेको उनीहरुले बताए।

बिद्यार्थीहरुका अनुसार ‘यो बिद्यालयमा केहि समय पहिले गृहकार्य नगरेको भन्दै बिद्यार्थीहरुलाई जुत्ता, चप्पलको माला लगाएर शिक्षकले नै बिद्यालयमा घुमाएका थिए। त्यो बिषयमा पनिपछि ठुलो बिबाद भएर प्रधानाद्यापकले माफी मागेका थिए। यस्ता बिबाद यो बिद्यालय प्राय हुने गरेको छ। ‘आफ्नो बालबालिकाको भविष्यमाथि खेलबाड भईरहेको र यो कार्य रोक्न तथा प्रधानाद्यापकलाई सरुवा गरेर बिद्यालयलाई राम्रो बनाउन अभिभावकहरुको माग छ। ‘

हिँजो (आइतबार) को भेलामा पनि प्रधानाद्यापक महतो उपस्थित थिएनन उनि यस्ता भेला र बैठकहरुमा उपस्थित नहुने भागेर हिड्ने गरेको अभिभाबकहरुको आरोप छ। आउँदो १९ गतेको बैठकमा प्रधानाध्यापक महतोले आफू सच्चिएर अघि बढ्ने प्रतिवद्धता गर्ने र यदि कार्यशैली नबद्ले विद्यालयबाट अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउने सहमति भएको छ।

सम्बन्धित खबर
गोडैताको एउटा बिद्यालयमा अभिभावकद्वारा तालाबन्दी गरेर आन्दोलन, बिद्यालयमै थुनिए शिक्षक र बिब्यस सदस्यहरु

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार