सर्लाहीमा आज थप ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन

२०८१ पुष ११, बिहीबार १९:१७

सर्लाही – सर्लाहीमा नियम विपरीत सञ्चालन भएका थप ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको छ। जिल्ला अनुुगमन उपसमितिले ढुुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्वन्धि पहिलो संशोधन मापदण्ड–२०७९ विपरीत सञ्चालनमा रहेका थप ७ वटा क्रसर उद्योग आज (बिहिबार) बन्द गर्न निर्देशन दिएको हो।

अभिनित वासिङ्ग उद्योग र अभिनित ढुुङ्गा क्रसर उद्योग बसबरिया–३, बरहथवा गिट्टी बालुुवा प्रशोधन तथा सप्लायर्स बरहथवा–८, राहुुल गिट्टी बालुुवा वासिङ्ग सेन्टर बरहथवा–८, गौतम गिट्टी बालुवा प्रशोधन उद्योग बरहथवा–१, हजरिया बालुवा गिट्टी प्रशोधन कम्पनि बरहथवा–१, सर्लाही बालुुवा प्रशोधन एण्ड क्रसर उद्योग हजरिया र बालुवा वास प्लान्ट बागमती–१२, लाई तत्काल बन्द गर्न निर्देशन दिएको अनुुगमन टोलीले जनाएको छ।

पछिल्लो समयमा समितिले जिल्लामा रहेका क्रसर उद्योगमा अनुगमन गरिरहेको छ। समितिले अनुगमनका क्रममा मापदण्ड बिपरित संचालित क्रसर उद्योग धमाधम बन्द गर्दै आईरहेको छ। समितिले हिँजो मात्र मापदण्ड बिपरित संचालित ४ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो। समितिले त्यो भन्दा केहि दिन पहिले जिल्लामा रहेका अन्य ४ वटा मापदण्ड बिपरितका क्रसर उद्योग बन्द गराएको थियो।

यो पनि पढ्नुहोस:
धमाधम बन्द गरिँदै अवैध क्रसर उद्योग

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार