जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’: सर्लाहीमा भब्य स्वागत

२०८१ पुष १३, शनिबार १९:५०

सर्लाही – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई सर्लाहीमा भब्य स्वागत गरिएको छ। ‘ट्रफी परेड’ को आज दोस्रो दिन टोलि सर्लाही पुगेको थियो।

सर्लाहीको सदरमुकाम मलंगवामा जनकपुर बोल्ट्सका खेलाडीहरुलाई स्थानीय खेलप्रेमीले भव्य स्वागत गर्दै मलंगवा नगरपरिक्रमा गरिएको थियो। नगरपरिक्रमा पछि टोलि रौतहटतर्फ प्रस्थान गरेको छ ।

गत पुस ६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो।

-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस। 

यो पनि पढ्नुहोस:
– जनकपुर बोल्ट्सले मधेसका सबै जिल्लामा विजयोत्सव मनाउने

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार