धनकौल – सर्लाहीको बरहथवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन्।
आज (बुधबार) साँझ करिब सात बजेतिर बरहथवा नगरपालिका-९, मा मधेश प्रदेश-०३-०३३ प २७३९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ निवासी अन्दाजी ६० बर्षीय पटल सिंह महतो घाईते भएका छन्।
प्रहरीका अनुसार घाईते पटलको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको र ठक्कर दिने मोटरसाइकलका चालकलाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु