गोडैता – सर्लाहीको पश्चिमी भेगस्थित गोडैता नगरपालिका – ७, बिन टोल निवासी आगलागी पिडित गंगाराम मुखियालाई गोडैता नगरपालिकाले सहयोग गरेको छ।
नगरप्रमुख देबेन्द्र कुमार यादवका अनुसार नगरपालिकाले पिडित गंगारामलाई रु ५ हजार नगद, त्रिपाल र कम्बल सहयोग गरिएको छ। आज (मंगलबार) पिडितलाई भेटेर यादवले तत्कालका लागि २ थान त्रिपाल, १ थान कम्बल सहयोग गरिएको बताउनु भयो।
मंगलबार राति २ बजे गंगारामको गोठमा आगलागी भएको थियो। आगलागीबाट गोठमा रहेका पशु चौपाया जलेर घाईते हुनुका साथै अन्य लत्ताकपडासहित गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो। आगलागीबाट अनुमानित रु. ६५ हजार बराबरको क्षति भएको बताईएको छ। लामखुट्टे धपाउँन बालिएको आगो सल्किएर आगलागी भएको थियो।
यो पनि पढ्नुहोस :
– गोडैतामा आगलागी: गोठ पूर्ण रुपमा जलेर नष्ट, केहि पशुचौपाया घाईते