शीतलहरले सर्लाहीसहित मधेशको जनजीवन प्रभावित

२०८१ पुष २४, बुधबार १०:२८

सर्लाही – मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको शीतलहरसंगै चिसो बढेपछि सर्लाहिसहित मधेशको जनजीवन प्रभावित बनेको छ। हाल मधेशका अधिकांश स्थानमा हुस्सु र शीतलहर चलिरहेको छ।

हुस्सु र शीतलहरका कारण बाटो चिप्लो हुँदा यातायात सञ्चालन गर्न कठिनाइ हुनुका साथै कामको लागि घर बाहिर निक्लिन नै गाह्रो भईरहेको छ। साथै, जाडो झन् झन् बढ्दै गईरहेका कारण मधेशका बिद्यालयहरु धमाधम बन्द हुँदै गईरहेका छन्।

बिगत केहि दिन देखि लागेको हुस्सु र कोहिरो गत सोमबार हटे पनि हिजो मंगलबारबाट एक्कासी झन् बाक्लो हुस्सु संगै सितलहर चल्न थालेको छ। सितलहरबाट विशेषगरी बालबालिका, बृद्वबृद्वा र दीर्घरोगीहरु झनै प्रभावित बनेका छन्।

चिसोबाट कसरी बच्ने?
–औषधी सेवन गरिरहेकाले नियमित औषधी सेवन गर्ने,
–बाहिर निस्कंदा माक्स लगाउने र आएपछि हात धुने,
–हाच्छिउँ गर्दा मुख छोपेर गर्ने,
–भुलेर पनि मदिरा र चुरोट प्रयोग नगर्ने,
–दीर्घरोगीहरुले नियमित स्वास्थ्य परिक्षण गर्ने,
–झोलकुराहरु पटक–पटक खाने,
–हिंड्दा टोपी,गलवन्दी लगाएर हिंडने।

सम्बन्धित खबर :

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार