लालबन्दी बृद्वा हत्या प्रकरण: अभियुक्त जेल चलान

२०८१ पुष २४, बुधबार १३:३९

गोडैता – सर्लाहीमा ढुंगा प्रहार गरेर बृद्वाको हत्या गरेका अभियुक्त जेल चलान भएका छन्। जेल चलान हुनेमा ईश्वरपुर नगरपालिका वडा नम्बर-१२ का वीरबहादुर मोक्तान रहेका छन्। उनलाई जिल्ला अदालत सर्लाहीले हिंजो (मंगलबार) जेल चलान गर्न आदेश दिएको हो।

गत मंसिर २८ गते राति बिर बहादुरको ढुंगा प्रहारबाट लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको मृत्यु भएको थियो। सोहि घटनामा प्रहरीले उनलाई पक्राउ गरि घटनाको अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले बिष्णुमायाको हत्या उनैले गरेको भेटिएको थियो। प्रहरीका अनुसार घटना घटेको दिन लालबन्दी नगरपालिकाकाका- १५ का ३८ वर्षीय वीरबहादुर बोम्जन (मृतकका छोरा) र ४८ वर्षीय वीरबहादुर मोक्तानबीच कुटाकुट भएको थियो। सोहि समयमा मोक्तानले प्रहार गरेको ढुंगा लागेर बृद्वा बिष्णुमाया घाईते भएकी थिईन।

उनको घटना घटेको १० दिनपछि लालबन्दी कै एक स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्यु पश्चात मोक्तानलाई प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेर उनीमाथि ज्यानसम्बन्धी कसुर मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरी घटनाबारे थप अनुसन्धान गरेको थियो।

यो पनि पढ्नुहोस:
सर्लाहीमा ढुंगा प्रहार गरेर बृद्वाको हत्या, एक जना पुरुष पक्राउ

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार