सर्लाहीका यी स्थानमा आजदेखि १५ गतेसम्म बिहान ८ बजेबाट साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने

२०८१ माघ ४, शुक्रबार ०७:०५

सर्लाही – सर्लाहीमा आजदेखि १५ गतेसम्म बिहान ८ बजेबाट साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाले हिंजो (बिहिबार) एक सूचना जारि गर्दै उक्त बिद्युत केन्द्रबाट आपूर्ति हुने बिद्युत अबरुद्व हुने जनाएको हो।

केन्द्रका अनुसार नवलपुरस्थित ग्रिड सवस्टेशनदेखि मलङ्गवासम्म तानिएको ३३ केभी लाइनको पुरानो तार हटाएर नयाँ तार लगाउन (कडक्टर अपग्रेडिङ) गर्न लागिएका कारण यसरी बिद्युत अवरुद्ध गरिएको सूचनामा उल्लेख छ।

केन्द्रले सोहि कामको लागि गत पुस महिनामा झन्डै दुई साता बिहान ८ बजेबाट दिउँसो तिन बजेसम्म बिद्युत अवरुद्व गरेको थियो। सूचनामा समय उल्लेख गरिएपनि केन्द्रले बिद्युत बन्द भने कतिबेला गर्छ भन्ने थाहा हुदैन।

यसघि सूचनामा बिहान ८ बजेदेखि भनेता पनि बिहान साँढे ७ मै बिद्युत बन्द गर्ने र दिउँसो ३ बजे भनेकामा कहिले पनि उक्त समयमा बिद्युत नआएको सेवाग्राहीहरू बताउँछन्। बिहानै सूचनामा भनिए भन्दा समय अगावै बिद्युत बन्द गर्ने र दिउँसो समय उल्लेख भए भन्दा पनि २,३ घण्टापछि मात्र बिद्युत आउने गरेको थियो।

केन्द्रको बर्षौ देखिको यो हर्कत देखेर यस क्षेत्रका सेवाग्राही आक्रान्त छन्। कहिले काहीं सूचानै बिना दिन भर नै बिद्युत अवरुद्ध गरिएको हुन्छ भने अधिकांश दिनभरमा बिद्युत झ्याप-झाप आउने र जाने गरिरहेको हुन्छ।

May be an image of text

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार