आगलागी पिडितलाई गाउँपालिकाद्वारा सहयोग

२०८१ माघ २९, मंगलवार १५:०३

रामनगर – सर्लाहीको रामनगर गाउँपालिका – ३, रामटोलका आगलागी पिडित अनुप महरालाई गाउँपालिकाले सहयोग गरेको छ।

पालिकाका अध्यक्ष राजाबाबु यादव र सोहि वडाका वडा अध्यक्षसहितको टोलि आज (मंगलबार) पिडित कै घरमा पुगेर अनुगमन गरि पिडितलाई तत्कालका लागि राहत सामानहरु सहयोग गरेका हुन्।

अध्यक्ष यादवका अनुसार तत्कालका लागि खानेकुरा, ग्यास, सिलिन्डर, भाडा ब्रतनसहित त्रिपाललगायत सामान पिडितलाई सहयोग गरिएको हो। छिटै नै थप सहयोग गर्ने आश्वासन दिइएको छ।

गएसाझ करिव ७ बजेतिर अनुपको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरुपमा जल्नुका साथै घर भित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन्। साथै आगलागीमा जलेर ५ वटा बाख्रा मरेका छन् भने प्रहरीका अनुसार आगलागीबाट करिव ५ लाख रुपैयाँ बराबरको क्ष्यति भएको छ।

सम्बन्धित खबर:

– रामनगरमा आगलागी: एउटा घर जल्यो, ५ चौपाया मरे

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार