
सर्लाही – बिहिबार साँझ पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, स्थित बाँके जङ्गलमा भएको बस दुर्घटनामा घाईते भएकाहरुको उपचार अहिले जिल्लाको लालबन्दीस्थित मोडेल र म्याक्स अस्पतालमा भईरहेको छ।
घाइते सबैको अवस्था सामान्य रहेको बुझिएको छ। बसमा ३५ जना यात्रुहरु सवार रहेकामा १५ जना घाईते भएका थिए। दुर्घटनापछि फरार भएका बसका चालक आफै प्रहरी कार्यालयमा उपस्थित भएका छन् भने दुर्घटनामा परेको बस राति नै घटनास्थलबाट उठाएर प्रहरी चौकी फूलजोरमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लघुवित्त वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति मधेश प्रदेशको आयोजनामा बर्दीबासमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कदै गरेको ना ७ ख ३६४३ नम्वरको बस बिहिबार साँझ आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।
सम्बन्धित खबर: