१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

२०८१ चैत्र १, शुक्रबार २०:५०

सर्लाही – मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (शुक्रबार) सम्पन्न भएको छ। आज अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न भएको हो।

फागुन औसींका दिन धनुषाको मिथिलाविहारी मन्दिरबाट मिथिला बिहारी (रामजानकी) को डोला जनकपुर ल्याएपछि यहाँका विभिन्न मठमन्दिरका डोला समाहित भएर परिक्रमा प्रारम्भ भएको थियो ।

परिक्रममा यस वर्ष पनि लाखौं संख्यामा श्रद्धालुभक्तजनहरु सहभागि भएका छन् । रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।

परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजन अन्तरगृह परिक्रमामा सहभागी भएका थिए । परिक्रमाका तीर्थयात्रीहरूले नेपालका एक सय सात र भारतको २६ गरेर एक सय ३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा तय गर्ने गरेको छ ।

सम्बन्धित खबर :
मिथिलाञ्चलमा १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार