बसबरियामा मृत फेला परेका युवकको पहिचान खुल्यो

२०८१ चैत्र २, शनिबार १२:१४

बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिका – ३, मधुवनी सडक खण्डमा मृत फेला परेका युवकको सनाखत भएको छ । आज (शनिबार) बिहान मृत फेला परेका युवक बसबरिया गाउँपालिका – २, का बुधन पासवानका छोरा २५ बर्षिय राजिब पसवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शनिबार बिहान सडक छेउमा अपरिचित युवकको शव फेला परेको थियो। प्रहरीका अनुसार घटनास्थलमा मोटरसाईकलको सिट, भाईजर र हेडलाईट भेटिएको छ। घटनास्थलको प्रकृति हेर्दा सवारी दुर्घटना भएको हुन् सक्ने बताईएको छ। गएराति स्थानीयले सोहि ठाउँमा युवक मृत फेला परेको तथा एक जना घाईते अवस्थामा भेटिएको भनेर प्रहरीलाई जानकारी गराएका थिए।

सोहि स्थानमा घाईते भेटिएका सोहि ठाउँ निवासी २० बर्षिय धन्नजय यादबलाई उपचारका लागि राति नै बरहथवास्थित गोल्डेन अस्पतालमा लगिएकामा उनलाई त्यहाँबाट बिरगंज रिफर गरिएको छ। घाईतेको अहिले बिरगंजमा उपचार भईरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

सम्बन्धित खबर:
– सर्लाहीमा एक जना युवक मृत फेला

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार