सर्लाहीका एसपी रविन्द्र बहादुर सिंहको सरुवा, योगेन्द्र कुमार खडका आउने

२०८२ बैशाख १६, मंगलवार ०६:३८

सर्लाही – सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र बहादुर सिंहको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ६३ जना एसपीको सरुवा निकाल्दा उनको सरुवा भएको हो। सिंहको सरुवा प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्साल, काठमाडौंमा सरुवा भएको छ।

कार्यालयले सर्लाहीमा उनको ठाउँमा नयाँ एसपीका रुपमा लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा कार्यरत योगेन्द्र कुमार खडकालाई पठाएको छ। बैशाख महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको जिल्लाबाटै खान पाउने गरी प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवा गरेको छ ।

१४ महिना सर्लाही प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका सिंहले जिल्लामा जनअपेक्षा अनुसार काम गर्न सकेनन। सामान्यतया जिल्ला प्रहरी प्रमुखहरूले जनतासँग प्रत्यक्ष संवाद गर्ने, जनताको समस्या सुन्ने र समाधान खोज्ने जिम्मेवारी निर्वाह गर्ने अपेक्षा गरिन्छ । तर एसपी सिंहको नेतृत्वमा सर्लाहीमा जनमुखी प्रहरी प्रशासनको अनुभव हुन सकेको थिएन।

यति मात्र नभई उनको कार्यकालमा जिल्लाका बिभिन्न सिमा क्षेत्रमा हुने तस्करी प्रहरीकै मिलेमत्तोमा दिन दुई गुणाले र रात चार गुणाले बढेको आरोपसमेत लाग्ने गरेको छ। उनि नै कार्यालय प्रमुख रहेको समयमा जिल्लामा बिना कारण सर्बसाधारणलाई कुटेर कान फुटाउने देखि युवतीसंग रंगेहात रातको १२ बजे सडक छेउमा फेला पारि प्रहरीलाई बुझाएका प्रहरीलाई समेत उनले कारवाही त टाडाको कुरा छानबिन समेत गरेनन।

एसपी सिंहले सर्वसाधारणलाई भेट्न चाहँदैनन्थे, भेट्न पुगे पनि दम्भपूर्ण रवैया देखाउने, अपराधीको जस्तो व्यवहार गर्ने, सामान्य कुरालाई पनि अवहेलना गर्ने उनको यो शैलीले सर्लाही प्रहरीप्रति जनविश्वास गुम्दै गएको स्थानीयहरूको भनाइ छ । प्रहरी प्रशासनमा पारदर्शिता, उत्तरदायीत्व र सेवा भावनाको अपेक्षा गरिन्छ । तर एसपी सिंहको शैलीले यी मूल्यहरू विपरितका क्रियाकलाप भएको भन्दै नागरिक समाज तथा प्रहरी विज्ञहरूबाट समेत चिन्ता व्यक्त गरिएको थियो।

सम्बन्धित खबर:
१४ महिनामा पनि भएन सर्लाहीका एसपी रविन्द्र बहादुर सिंहको सरुवा
सर्लाहीसहित १७ जिल्लाका एसपी फेरिए (सूचीसहित)
सर्लाहीमा प्रहरीबाट कुटिए एक युवक, कानको जाली फुट्यो

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार