सर्लाही – भारतको उत्तरकाशीस्थित एक खोलामा परेर बेपत्ता भएकी जाजरकोटकी एक महिलाको शव १६ दिनपछि भेटिएको छ।
नयाँ बर्षका दिन अर्थात् गत बैशाख १ गतेका दिन भारतको उत्तरकाशीस्थित एक खोलामा भिडियो बनाउने क्रममा लडेर बेपत्ता भएकी जाजरकोटको कुशे गाउँपालिका – २, टालेगाउँ लाम्पाटकी ३५ वर्षीया बिन्दा शाहीको शव मंगलबार भेटिएको परिवारका सदस्यले जनाएका छन्।

काठमाडौंमा बस्दै आएकी उनि नयाँ वर्ष मनाउन आफ्नी छोरीसहित भारतको उत्तरकाशी गएकी थिइन् सोहि क्रममा त्यो खोलामा भिडियो खिच्ने क्रममा चिप्लिएर बगेर बेपत्ता भएकी थिइन्। शव नेपाल ल्याउने तयारी भईरहेको छ।
यो पनि पढ्नुहोस:
– भारतमा खोलामा परेर जाजरकोटकि एक महिला ७ दिन देखि बेपत्ता, खोजिमा सहयोग गरिदिन परिवारको आग्रह





