गोडैता – सर्लाहिको गोडैता नगरपालिकास्थित गोडैता बजारमा चार दिनपछि विद्युत संचालन भएको छ। आईतबार बेलुकादेखि अवरुद्ध भएको विद्युत बुधबार साँझ मात्र संचालनमा आएको हो।
गोडैता बजारमा रहेको ट्रान्सर्फमरमा समस्या आएपछि बजार चार दिनसम्म अन्धकारमा रहेको थियो। बिद्युत प्राधिकरण मलंगवाका अनुसार बुधबार बजारमा नयाँ ट्रान्सर्फमर जडान गरेपछि बिद्युत सेवा संचालनमा आएको हो।

प्रायजसो अनियमित भइराख्ने यो क्षेत्रको विद्युत सेवा दुई÷तिन बर्षदेखि नै सुध्रिन सकेको छैन । प्राय समय विद्युत अबरुद्ध भइराख्छ भने भोल्टेज कम र बढी आउने समस्याले सेवाग्राहीका विद्युतीय सामान बिग्रीनेदेखि बन्द हुनेसम्मका समस्याहरु छन ।
यो पनि पढ्नुहोस:
– गोडैता बजारमा दुई दिन देखि विद्युत सेवा ठप्प





