स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुखमा लालबाबु राय

२०८२ जेष्ठ २, शुक्रबार ०८:२१

सर्लाही – मलंगवास्थित स्वास्थ्य कार्यालय सर्लाहीको कार्यालय प्रमुखको रुपमा लालबाबु राय हाजिर भएका छन् ।

कार्यालयका प्रमुख विवादास्पद डा. नवल किशोर झाको सरुवा भएपछि सोहि कार्यालयमा तथ्याङ्क अधिकृत (आठौं तह) मा कार्यरत उनि स्वास्थ्य कार्यालयको प्रमुखको रुपमा हाजिर भएका हुन्। झाको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्वास्थ्य निर्देशनालय, सपही, धनुषामा सरुवा गरेको छ।

बिभिन्न बिबादमा तानिएपछि उनको सरुवा गरिएको बुझिएको छ। झा यहाँ कार्यरत रहँदासम्म कमिसनको खेल, बिचौलियाको चलखेल र कार्यक्षमतामा लापरवाहीका आरोप खेपिरहेका थिए। यस्ताका साथै उनीमाथि गम्भीर आरोपहरु लागेका छन्।

कार्यालय प्रमुखको जिम्मेवारी पाएका रायलाई बिहिबार स्वास्थ्य कार्यालयमा भब्य तरिकाले स्वागत गरिएको छ। उनिबाट यस स्वास्थ्य कार्यालयको सुधारको अपेक्षा गरिएको छ। भने झाको सरुवाले सर्लाहीका स्वास्थ्यकर्मी तथा आम नागरिकमा खुशी छाएको छ।

सम्बन्धित खबर:
कमिसनका लागि अस्पतालबाट बिरामी रेफर गर्ने आरोप लागेका डाक्टर नवल किशोरको सरुवा

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार