बलरा – सर्लाहीको गोडैतामा शुक्रबार साँझको अचानक चलेको हावाहुरीले घर भत्किएको छ। गोडैता नगरपालिका – १२, मधुवनीगाउस्थित चोकमा काठ र फुसले बनाईएको घर भत्किएको हो।
प्रहरी चौकी मधुवनीका अनुसार सोहि गाउँका मुन्न सिंहको जग्गामा सोहि ठाउँकै संजिव पासवानले बनाएको उक्त घरमा रामनगर गाउँपालिका – ७, का उमेश साहले भाँडामा लिई होटल संचालन गरि रहेका थिए।

घर पूर्ण रुपमा भत्किएको छ। घटनामा कुनै मानबिय क्षति भएको छैन भने अन्य अनुमानित ६०,००० बराबरको क्षति भएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर:
– सर्लाहीमा हावाहुरी: दुई जना घाईते, अन्य कहाँ कति भयो क्ष्यति ?





