
सर्लाही – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरी छाडेको छ।
गृह मन्त्रालयमा सरुवा भइसकेका भट्टराईलाई आयोगले नियन्त्रणमा लिएर केही समय अनुसन्धान गरेको थियो। आयोग स्रोतका अनुसार, विमानस्थलको अध्यागमन प्रक्रियामा केही अनियमितता भएको आशंकामा उनलाई सोधपुछ गरिएको हो।
तर प्रारम्भिक अनुसन्धान र उपलब्ध कागजातका आधारमा ठोस प्रमाण नभेटिएपछि उनीसहित अन्य तीन जनालाई पनि छोडिएको हो। “सोधपुछका लागि बोलाएका थियौं, आवश्यक विवरण र कागजात हेरिसकेपछि छोडियो,” अख्तियारका एक अधिकारीले बताए।
भट्टराईसहित चारै जनालाई तत्कालका लागि छोडिएको ती अधिकारीले बताए ।
सम्बन्धित खबर:
– अध्यागमन कार्यालयमा अख्तियारको छापा, सहसचिव भट्टराई नियन्त्रणमा