सर्लाही — धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–५ का हरिराम यादव श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्। २० वर्षीय अञ्जली यादवको हत्या गरी शव घरको पूजाकोठामा गाडेको अभियोगमा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गत फागुन १७ गते अञ्जलीको हत्या गरिएपछि हरिराम आफ्नी दस महिनाकी छोरी लिएर फरार भएका थिए। अहिले हरिराम पक्राउ परे पनि उनीसँगै रहेकी छोरीको अवस्थाबारे अझै कुनै जानकारी छैन।

श्रीमान्–श्रीमतीबीचको सम्बन्ध विग्रिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनापछि फरार रहेका हरिरामलाई पक्राउ गरी जिल्ला अदालत धनुषामा म्याद थपका लागि पेश गरिएको धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
यो पनि पढ्नुहोस:
– धनुषामा केहि दिनदेखि हराईरहेकी एक महिलाको शव आफ्नै घरमा फेला





