मलंगवामा पत्रकारिता सम्बन्धि दुई दिने आधारभूत तालिम सम्पन्न

२०८२ जेष्ठ २४, शनिबार १५:१५

मलंगवा – सर्लाहीको मलंगवामा कबिलासी नगरपालिकाको आयोजना तथा तराई मधेश कानुन विद्यार्थी समाजको संयोजनमा दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ। तालिममा ४५ जना सहभागीलाई पत्रकारिता सम्बन्धी ज्ञान र सीप प्रदान गरिएको थियो।

कार्यक्रममा प्रशिक्षकको रूपमा जिल्लाका अग्रज पत्रकारद्वय मनोज यादव र रामबाबु खड्काले सहजीकरण गर्नुभएको थियो। तालिम अवधिभर कबिलासी नगरपालिकाकी उपमेयर पुनम कर्ण, सञ्चारकर्मीहरू तथा अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष बन्दना झाको समन्वयमा महेन्द्र होटलमा आयोजना गरिएको तालिमको शुक्रबार विशेष समारोहकाबीच उद्घाटन गरिएको थियो। तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ।

कार्यक्रमका आयोजकले तालिम सफल पार्न सहयोग पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पत्रकारिता क्षेत्र सबल बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

सम्बन्धित खबर:
मलंगवामा पत्रकारिता सम्बन्धि दुई दिने आधारभूत तालिम सुरु

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार