१९औं राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन भब्य रुपमा सम्पन्न

२०८२ जेष्ठ २८, बुधबार ०९:४५

ईलाम शर्मा, मुगु – कर्णाली प्रदेशको मुगु जिल्लामा १९औं राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ। नेपालको दूरदराज कर्णाली क्षेत्रमै पहिलो पटक आयोजना गरिएको यस कार्यक्रमले जोतिष, वास्तुशास्त्र, परापूर्वीय परम्परा र सांस्कृतिक विविधतालाई एकै ठाउँमा समेट्न सफल भएको छ।

कार्यक्रमको पहिलो सत्रमा कर्कर्मा उद्घाटन तथा जोतिष सम्मेलन, दोस्रो सत्रमा वास्तु सम्मेलन, र तेस्रो सत्रमा सम्मान तथा पुरस्कार वितरण गरियो। कार्यक्रममा देशभरिबाट सहभागिता जनाएका १५० जना सम्मानित जोतिष विज्ञहरूलाई विशेष सम्मान गरिएको थियो।

सम्मेलनमा नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष केशब प्रसाद धिताल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता वरिष्ठ जोतिषविद् कमल प्रसाद काफ्लेले गरेका थिए। कार्यक्रममा थुप्रै विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

सम्मेलनका साथै सहभागीहरूले प्रसिद्ध रारा ताल तथा कर्णाली प्रदेशका विभिन्न धार्मिक स्थलहरूको अवलोकन तथा अध्ययन–अनुसन्धान पनि गरेका थिए। कार्यक्रममा स्थानिय झाँकीहरू, स्थानिय स्कुलका बालबालिकाहरूको सांस्कृतिक प्रस्तुति, तथा कला कौशलताका विविध आयामहरू समेत देखाइएको पत्रकार तथा प्रचार विभाग प्रमुख बालकृष्ण शर्माले जानकारी दिए।

सम्बन्धित खबर:
१९औं राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन मुगुको रारामा हुने

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार